सबैलाई पठाउनु होला

काठमाडौं –     काठमाडौं महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना जारी नै रहेको छ ।
मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ हुन्।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी रहेको  छ ।

कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार ६२८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार ४९२ मत प्राप्त गरेकी छन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३३ हजार ९८१  मत ल्याएका छन्।

उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डंगोलले ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा रहेका  छन्।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com