सबैलाई पठाउनु होला

काठमाडौं –   आइतबार सार्वजनिक बिदाको दिन राहदानी विभाग खुल्ने भएको छ। विभागले एक सूचना जारी गर्दै  जेठ १५ गतेदेखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जानकारी दिएको छ।

राहदानी विभागमा सेवाग्राहीको चाप बढिरहेकोले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन आइतबार बिदा नदिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरी गर्ने भएको छ ।

सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन यही २०७९ जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १०:०० बजे देखि अपरान्ह ०४ :०० बजेसम्म विभाग खुल्ने र राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गैरहेको व्यहोरा अनुरोध  गरिएको छ ।’

सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिएको भएको  हो । विश्वविद्यालयले भने आइतबार बिदा नदिने निर्णय गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com