सबैलाई पठाउनु होला

डाभोस –   पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिङ्गरले युक्रेनले रुससँग सम्झौता गर्न र तीन महिना लामो युद्ध अन्त्य गर्न आफ्नो हिस्सा दिनुपर्ने बताए । स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चको बैठकमा हेनरी किसिन्जरले यी कुरा बताएका छन् ।

उनले रुससँग वार्ता सुरु नगर्दा र रुसको विरोध जारी राख्दा युरोपको स्थायित्वमा नराम्रो असर पर्ने समेत  बताएका छन् । यसको परिणाम लामो समयसम्म रहने उनको भनाइ रहेको छ।

उनले भने, ‘अझै तनाव बढेर युद्धबाट बाहिर निस्कन गाह्रो हुनुअघि नै अबको दुई महिनामा वार्ता सुरु गर्नु जरुरी छ। विभाजन रेखा यथास्थितिमा फिर्ता हुनु पर्छ। यहाँबाट युद्धलाई अगाडि बढाउनु युक्रेनको स्वतन्त्रताको कुरा होइन, बरु रुसविरुद्ध नयाँ युद्ध सुरु गर्नु हो।’

हेनरी किसिङ्गरले संकटकालमा महादेशमा शक्ति सन्तुलन कायम राखेर रुस ४०० वर्षदेखि युरोपको महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । पश्चिमी देशहरूले युरोपमा रूसको महत्त्वलाई सम्झनुपर्ने र आवेगमा काम गर्नु नहुने समेत बताए। सन् १९७० को दशकमा किसिङ्गर राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको सरकारमा थिए। किसिङ्गरले युद्धको चेतावनी दिएका छन्।

यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको थियो। दुई देशबीच अहिले पनि युद्ध जारी नै रहेको छ। रुस युक्रेन नेटोमा सामेल हुने कुराको विपक्षमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com