काभ्रेपलान्चोक, १२ जेठ – सत्तारुढ दल नेपाली कांग्रेसबाट यस अघि दाप्चा काशिखण्ड गाउँ समितिका सभापति रहेका कुन्साङ लामालाई नगरको प्रमुख पदको उम्मेदवार बनाएर बिजयी भए संगै प्रमाणपत्र थामेर सपथ ग्रहण समेत खाए ।
नमोबुद्ध नगरपालिकाको प्रमुखमा बिजयी लामाले ११,२११ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका गाउँ कमिटीका अध्यक्ष टिपी शर्मा तिमल्सिना(टंकप्रसाद तिमल्सिना)ले ५,८२२ मत गरेका थिए ।
निरंकुशता विरुद्धको आन्दोलनमा निरन्तर सहभागि रहदै आएका लामा काग्रेसभित्र इमानदार कार्यकर्ता र विकास प्रेमिको रूपमा परिचित छन् । क्रसर ब्यवसाय समेत गरिरहेका लामाले भुकम्पको बेला घरघरमा पुगेर राहत वितरण गरि जनमत लिएका थिए।

नमोबुद्ध नगरपालिकामा समावेश भएका ८ वटा गाविस नै २०५४ सालमा एमालेले जितेका गाविसहरू हुन्। एमालेले सबै गाविसमा आफ्नो पकड भएको बताउँदै लामो समय पत्रकारिता र राजनीतिमा सक्रिय पोल्ट्रि ब्यवसायमा समेत संलग्न रहेका नेता टंकप्रसाद तिमल्सिना(टिपी शर्मा) लाई प्रमुख पदको उम्मेदवार बनाएका थिए । तर यसपाली यस नगरपालिकाको जिम्मेवारी नेपाली कांग्रेसका कुन्साङ लामाको हातमा आएको छ ।
झन्डै ५ हजार मतको अन्तरमा बिजयी भएका कुन्साङ लामाले प्रमुख पदमा बिजयी भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै सपथ ग्रहण समेत गरी आफ्नो पदभार समेत सम्हालेका छन् ।

