सबैलाई पठाउनु होला

काठमाडौं –    नेकपा एमाले प्रवेश गरेपछि अभिनेत्री करिश्मा मानन्धर चर्चाको केन्द्रमा रहेकी छिन् । बुटवलमा न्वारनको नामको खुलासा गरेपछि सुरु भएको उनको चर्चालाई स्थानीय तह चुनावको नतिजाले पनि पछ्याइरहेको छ ।

उनी बसोबास गर्ने गोदावरी क्षेत्रमा नेपाली कांग्रेसले जितेपछि अहिले सामाजिक सञ्जालमा करिश्माविरुद्ध ट्रोल भइरहेको छ । करिश्मा एमालेमा आबद्ध भएपछि पार्टी पत्तासाफ भएको भन्दै समाचार र ट्रोल आएपछि उनी आक्रोशित पनि भएकी हुन ।

गोदावरी नगरपालिकामा एमालेले चुनाव हारेको दोष आफूलाई लगाइएपछि सामाजिक सञ्जालमा करिश्माले आक्रोशसँगै निराशा पनि व्यक्त गरेकी छन् ।

करिश्मा लेख्छिन्-  

‘जीवनमा कसैको नराम्रो चिताएको छैन

कसैको नराम्रो गरेको छैन

सके बरु आफूसँग भएको बाँडेको छु

सबैको आवाज बन्न सकूँ, उहाँहरुको लागि केही गर्न सकूँ भनेर

मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई छैन

नत्र भने कानुनी उपाय खोज्नुपर्ने हुन्छ

आधारबिहीन आरोप लगाउनेहरु अँध्यारोमा हिंडिरहेका मानिसजस्तै हुन् ।’

करिश्माको उक्त अभिव्यक्तिमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयले राजनीतिमा लागेपछि आलोचना सहने क्षमता जरुरी भएको बताएका छन् भने कतिपयले चिन्ता नलिन सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com