सबैलाई पठाउनु होला

रौतहटको गौरमा सुटकेस भित्र बरामद भएको शवको परिचय खुलेको छ । गौर नगरपालिका– ९ गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो ।

 

सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको गौर-२ महादेवपट्टी बस्दै आएकी २६ वर्षीया रुवीकुमारी साहको भएको प्रहरीले पुष्टि गरेको छ ।प्रहरीका अनुसार उनको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् ।

उनी हिजो साँझ ६ बजे देखि सम्पर्क बिहिन बनेको पारिवारीक श्रोतले जनआएको छ । ब्युटीपार्लर जान्छु भनेर हिंडेकी उनी साँझ ६ बजे पछी सम्पर्क बिहिन भएकी थिइन् ।

उनको शव गएराति गौर नगरपालिका-९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com